
पूर्णपुष्टि,पुष २७
सप्तरीमा वडा अध्यक्षको मिलेमतोमै २० वर्ष देखी बसोबास गर्दै आएका तीन दलित परिवारको घर डोजर लगाएर भत्काइएको छ । तिलाठी कोइलाडी गाउँपालिका–८ का धनपैत राम, सिताराम राम, रामधिन राम लगायतका पाँच घर भत्काइएको हो ।
वडाअध्यक्ष लक्ष्मी खङ्गको मिलेमतोमा घर भत्काइएको आरोप पीडितहरुको छ । अहिलेसम्म स्थलगत अवलोकनमा समेत वडाअध्यक्ष नआएको उनिहरुले गुनासो गरेका छन् ।

वडाअध्यक्ष खङ्गले भने घर भत्काएको समयमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो ।
सोहि गाउँपालिकाका ६ नम्बर वडाका अध्यक्ष गुलाव सिंहका अनुसार सुमन महतो९मलेठिया० ले जग्गाको मुद्दा अदालतबाट जितेकोले घर भत्काएका हुन् । त्यहाँ ऐलानी जग्गा समेत भएकाले घर सर्जमिन गराएर भत्काइएको बताइएको छ । स्थानीयहरुले महतो र वडा अध्यक्ष खंङ्गको मिलोमतोमा षडयन्त्र गरी दलित बिपन्न परिवारलाई झुक्क्याएर सर्जमिन गराएर घर भत्काएको आरोप लगाएका छन् ।

पीडित परिवारहरुले आफुलाई घर भत्काउने सम्बन्धमा कुनैपनि जानकारी नगराई घरमा भएको सर–सामान समेत निकाल्न नदिई एक्कासि डोजर लगाएर महतोले घर भत्काएकोे बताएका छन् ।

