पूर्णपुष्टि, पुष १३ । उदयपुरको चौदण्डीगढि–४, वसाहमा किरात राई बायङ सुम्रिखिम केन्द्रीय समितिको दोस्रो वार्षिककोत्सव तथा राष्ट्रिय भेला हुने भएको छ । मंसिरको १७ गते शनिवार काठमाण्डौँमा बसेका बैठकको निर्णयअनुसार आगामी २० गते बुधवार चौदण्डीगढि नगरपालिका–४, वसाहमा आयोजना हुने भएको हो । पहिलो राष्ट्रिय भेला गत वर्ष ओखलढुंगामा आयोजना गरिएको थियो ।
उक्त राष्ट्रिय भेलामा जिल्ला कार्यसमिति उदयपुरको व्यवस्थापन र केन्द्रीय समितिको आयोजना रहने छ । कार्यक्रममा दुइ प्रवास शाखाहरु हङकङ र युके समिति उदयपुर,सोलुखुम्बु,ओखल्ढुंगाा,खोटाङ,मोरङ,सुनसरी,पाँचथर र सल्यानगरी १० जिल्लाका शाखाहरुको स्थानीय दिनेश बायङ राईले बताए ।
राष्ट्रिय भेलाको पहिलो दिन सम्पुर्ण किराती समुदायका दाजुभाई तथा दिदी–बैनीहरुले आफ्नो मौलिकता झल्कने पोषाक अनिवार्यरुपमा लागई उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।
