Tuesday, April 21News That Matters

वामदेव गौतम अव, राष्ट्रियसभा सदस्य

पूर्णपुष्टि, असोज १ । 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आजबाट राष्ट्रियसभा सदस्य बन्नु भएको छ । उहाँलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्नुभएपछि  राष्ट्रियसभा सदस्य बन्नुभएको हो । उहाँलाई आजै राष्ट्रपति भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको हो ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारीले गौतमलाई मनोनित गर्नुभएको हो । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन मध्ये एकसिट फागुनदेखि खाली थियो । मन्त्रीपरिषद्को बैंठकले सोमबार त्यही सिटमा गौतमलाई मनोनितका लागि सिफारिस गरेको थियो ।