
पूर्णपुष्टि, बैशाख ८ गते ।
वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीलाई बसेको ठाउँमा सुरक्षित बस्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।
विपतको बेला वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकप्रति मन्त्रालय गम्भीर भएको भन्दै मन्त्रालयले आवश्यक सहयोगको लागि कुटनीतिक नियोग निरन्तर परिचालन हुने जनाएको छ ।
विभिन्न कारणले बेखर्ची भइ खान बस्नको समस्या, भिसा वा काम गर्ने सम्झौता म्याद सकिएको तथा तलब लगायतका समस्या आएमा सम्बन्धित देशको दूतावासमा राख्न मन्त्रालयले आग्रह गरेको छ ।
विहान ७ बजे देखि बेलुकी ९ बजेसम्म मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरको फोन नम्बर ं९७७१५९७०००८ मा सम्पर्क गरेर आफ्ना समस्या राख्न सकिने मन्त्रालयले जनाएको छ ।
