Wednesday, April 22News That Matters

विद्यार्थीले प्याकेटको खानेकुरा खाए १० रुपैयाँ जरिबाना

भदौ २७ गते । 

डडेलधुराको एक विद्यालयले आफ्ना विद्यार्थीहरुले प्याकेटका खानेकुरा खाएको खण्डमा १० रुपैयाँ जरिवाना गर्ने भएको छ । अमरगढी नगरपालिका–७ को उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालयमा विद्यार्थीले चाउचा, विस्कुट, कुकुरे लगायतका पत्रु खानेकुरा खाए जरिवाना गर्ने भएको हो ।

बालबालिकामा देखिने कमलपित्त लगायतका रोग बढ्दै गएपछि विद्यालयले विद्यालय समयमा उक्त खाद्य वस्तु प्रतिबन्ध लगाएको विद्यालयले जनाएको छ । विद्यालय परिसरमा यस्ता खानेकुरा खान रोक लगाएपछि विद्यार्थीले खान कम गरेको विद्यालयले जनाएको छ ।

उक्त खाने कुरा खाने दुई सय विद्यार्थी दण्दित भईसकेको छ । सुरुमा यस्ता खाने कुरा नियन्त्रण गर्न निकै समस्या आएपनि अहिले विद्यार्थीमा उल्लेख्य मात्रामा कमी आएको ठूला विद्यार्थीहरुले बताएका छन् ।