Wednesday, May 27News That Matters

विद्यार्थी केन्द्रित निःशूल्क स्वास्थ्य शिविर

बद्रीनारायणा यादव/पूर्णपुष्टि, चैत्र ३ गते । 

परिवर्तित मौसमलाई मध्यनगर गर्दै चन्द्र नारायण यादव मेमोरियल ट्रष्टद्वारा संचालित चन्द्र नारायण यादव मेमोरियल मेटेर्निटि अस्पताल माडर सिरहाले सिरहा नगरपालिका–१५ सुखचैनास्थित रहेको चन्द्र नारायण यादव आधारभुत विद्यालयबाट विद्यार्थी केन्द्रित औषधी सहित निःशूल्क स्वास्थ्य शिविरको सुरुवात गरेको छ ।

बालरोग विषेशज्ञ डा।मंदिप गौतमको टिमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेको थियो । समान्य रुघाखोकी, कान पाक्ने, टाउको दुख्ने लगायतका स्वास्थ्य समस्या देखा परेको प्रमुख डा।गौतमले बताए । उनका अनुसार मौसम परिवर्तन हुन लागेको हुँदा देखा परेको समान्य समस्याहरु प्राथमिक उपचारबाटै निको हुने छन् ।

सुरुवातको पहिलो दिनको निःशूल्क स्वास्थ्य शिविरमा त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये स्वास्थ्यमा समस्या देखा परेका ७० भन्दा बढिको स्वास्थ्य जाँच भएको चन्द्र नारायण यादव मेमोरियल ट्रष्टका सभापति डा।सुभाषचन्द्र यादवले बताए ।

‘        सेवा क्षेत्रको विषेश केन्द्र विन्दु रहेको ठाउँलाई लक्षित गर्दै परिवर्तित समयलाई प्राथमिकता दिँदै यस्तो खाले औषधी सहित निःशूल्क स्वास्थ्य शिविर संचालन गरियो । माग भए यो अभियानको रुपमा चलाइने छन्,’उनले भने,‘सिरहा नगरपालिकाको २२ वटै वडाकाभित्रका सामुदायिक विद्यालयले ट्रष्टसँग माग गरेमा शिविर संचालन गरिने छन् ।’