Sunday, May 17News That Matters

विद्यार्थी बोकेको बस दुर्घटना : १७ जना घाइते

पूर्णपुष्टि,फागुन ७

स्काउट विद्यार्थी बोकेको बस आज विहान रामेछापको मन्थली नगरपालिकाको मच्छेडाडीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १७ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ  । घाइतेहरु सबैको उद्धार गरी तामाकोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

आजदेखि मन्थलीमा संचालन हुने तेश्रो मन्थली नगरपालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा भाग लिनका लागि सेतीदेवी मावि सालुबाट स्काउट विद्यार्थीहरु सदरमुकाम मन्थली आउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार तीव्र गतिमा मन्थली जाँदै गरेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्याक्टरलाई साइड दिन खोज्दा भित्तामा ठोकिएर पल्टिएको थियो । बसमा ५३ जना विद्यार्थी सवार थिए ।