
पूर्णपुष्टि, बैशाख २९
देशमा विपद् छाईरहेको छ । नेपालका अधिकांश कोभिड हस्पिटलहरुमा आवश्यक सामाग्रीहरुको चरम अभाव छ ।
यही बेला नेपालका निजी हस्पिटलहरुले भने मनपरी गरिरहेका छन् । उनिहरु बचाउन अभियान र सहयोग अभियान भन्दा पनि कमाउ अभियान तर्फ केन्द्रित भएको देखिन्छ । यो बिपद्मा सबै हस्पिटलहरुले कोरोना संक्रमण विरामीलाई सहज र सरल उपचार गर्ने हो भने माहामारी भयावह बाट पनि बच्ने सम्भावना छ । तर पैसाकै लोभमा मनपरी उपचार र शुल्कले बिरामी र संक्रमण थप जोखिममा परेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगुवाइमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग र प्रहरीसहितको संयुक्त अनुगमनले अस्पतालपिच्छे फरक शुल्क असुल्ने गरेको भेट्टाएको छ ।
संयुक्त अनुगमन टोलीले सोमबार उपत्यकामा रहेका ५ अस्पताल नर्भिक, सहिद मेमोरियल, ब्लुक्रस, बयोधा र नेपाल नेसनल अस्पतालमा अनुगमन गरेको थियो । त्यस क्रममा औषधिको अपर्याप्ततासँगै मूल्य पनि फरकफरक पाइएको हो । ‘महामारीका बेला सामाजिक उत्तरदायित्वअन्तर्गत केही सहुलियत , कम नाफा, बढी उपचार सेवा प्रदान छ की छैन् भन्ने अनुगमनमा यस्तो केहि पनि नपाइएको अनुगमन टोलीका कर्मचारीहरुले बताए ।
उनिहरुले सोचे भन्दा ठिक उल्टो तरिकाले काम भईरहेको कम सेवामा बढी शुल्क रहेको पाइएको बताए । अनुगमन टोलीका अनुसार वयोधा अस्पतालमा अनुगमन गर्दा सरकारसँग कोभिड उपचारको सम्बन्धमा सम्झौता समेत नगरेको पाइएको छ ।
अस्पतालले सम्झौता नगरी कोभिडका बिरामी उपचार गरिरहेको र बेड शुल्क पनि अत्यधिक रहेको बताएको छ । बयोधाले आईसीयू बेड प्रयोग गरेबापत दिनकै १५ हजार ५ सय, भेन्टिलेटरको ९ हजार, परामर्श शुल्कबापत ३ हजार र आईपीसी सेवाको १० हजार शुल्क लिने गरेको ती अधिकारीले जानकारी दिए ।
यता ब्लु क्रस र सहिद मेमोरियल अस्पतालमा पनि सोही प्रवृत्ति देखिएको थियो । ब्लु क्रसले कोभिडका लागि ३२ बेड छुट्याएको थियो । यो अस्पतालले पनि कोभिड उपचारका लागि स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेको थिएन । ब्लु क्रसले जनरल बेड प्रयोगबापत दिनको १० हजार र हाई पेडको १५ हजार रुपैयाँ शुल्क तोकेको ती अधिकारीको भनाइ छ । आईसीयू र भेन्टिलेटर प्रयोग गरेबापत २० हजार र परामर्श शुल्कबापत ३ हजार रुपैयाँ लिने गरेको पाइएको हो ।
सहिद मेमोरियल अस्पतालले स्वास्थ्य मन्त्रालयसँग कोभिड अस्पतालका रूपमा सम्झौता गरेको भेटिएन । ‘नेपाल नेसनल अस्पतालमा अनुगमन गर्दा पनि कोभिड अस्पतालका रूपमा सम्झौता गरेको पाइएन । क्याबिनको शुल्क ४ हजारदेखि ६ हजार रुपैयाँ लिएको पाइयो । सिंगल क्याबिनको शुल्क ८ हजार रुपैयाँ थियो । आईसीयूको शुल्क १५ हजार र परामर्श शुल्क २ हजार रुपैयाँ लिएको पाइयो,’ ती ‘नर्भिक अस्पतालको अवस्था पनि उस्तै देखियो । कोभिडका लागि सरकारसँग सम्झौता थिएन । सरकारले तोकेको बेडको शुल्क पनि उसले लागू गरेको देखिएन ।’
