विमानस्थलबाट ३ सय ३३ ग्राम सुनसहित एक विदेशी नागरीक पक्राउ

पूर्णपुष्टि, पुष ५
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३ सय ३३ ग्राम सुनसहित एक जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलामलाई प्रहरीले पक्राउ गरेको हो ।
हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्याण्ड व्यागेजमा जाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट पहेलो धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी ३ सय ३३ ग्राम सुन बरामद गरेको छ ।
पक्राउ परेका इजलामलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि विमानस्थल सुरक्षा कार्यालय गौचर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0