पूर्णपुष्टि,माघ २ । पोखरा विमान दुर्घटनाकोखोजीकार्यआजका लागि स्थगित भएको छ । सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको थियो । ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ ।
अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको थियो। जहाजमा चार चालक दलसहित ७२ जना सवार थिए।
