Wednesday, July 1News That Matters

विराटनगरमा एक चिया पसल खोल्दा बन्दकर्ताले गरे तोडफोड, आमा छोरी घाइते

पूर्णपुुष्टि,माघ २२

बन्दको बेला चिया पसल खोलेको भन्दै विराटनगर महानगरपालिका–२ स्थित चिया पसलमा आज दिउँसो साढे १२ बजे तोडफोड भएको छ । बन्दको उल्लंघन गरेको भन्दै नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेको हो ।

पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घाइते भएका छन् । तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेलको कराही घोप्टिँदा तातो तेलको छिट्टाले उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुुसार तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन् । बनिसकेको खानेकुरा भुइँमा फ्यालिएको छ भने  बनाउन तयारी अवस्थामा राखिएका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नलाई कारबाहीको दायरामा जनाएको छ ।