Tuesday, June 9News That Matters

विराटनगरमा कोरोना संक्रमित थप दुईको मृत्यु

पूर्णपुष्टि,पुष १

विराटगरमा कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा हिजो राति मोरङको सुन्दरहरैँचा र पथरीशनिश्चरे नगरपालिकाका १/१ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

पथरीशनिश्चरे नगरपालिका–१ की ७३ वर्षीया वृद्धा महिलाको राति ८ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  अस्पतालकाअनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै सुन्दरहरैँचा नगरपालिका–३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार सुरु गरे लगतै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका श्वासप्रश्वास सम्बन्धी समस्या रहेको थियो ।