Monday, April 20News That Matters

विराटनगरमा चार वर्षपछि पहिलोपटक कार्गो रेल आउँदै

पूर्णपुष्टि,जेष्ठ १८ । विराटनगर भन्सारको कस्टम यार्डसम्म परीक्षण सफल भएको चार वर्ष पछि कार्गो रेल आउँने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा आज सयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुग्नेछ।

बथनाह–कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका–१ मा जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ । बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ । तर अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन।

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन । आजदेखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा उद्योगीले गरेका छन । उद्योगी सुयष प्याकुरेलका अनुसार लामो समयदेखिको माग सम्बोधन भएको रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री नेपाल आउने बताए ।