Wednesday, May 6News That Matters

विराटनगरमा ७ जना लुटेरा पक्राउ

भदौ १२ गते ।

मोरङका विराटनगरको विभिन्न ठाउँमा चोरी डकैती गर्ने सात जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिकामा चोरी डकैती गर्ने समूहलाई नै प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यलय पथरीबाट खटिएको प्रहरीको टोलीले द्यच्घद्दएब्द्दडघट नम्बरको स्करपियो गाडी सहित ४ जना नेपाली र ३ जना भारतीय नागरिकलाई पक्राउ गरको प्रहरीले जनाएको छ ।

भारतको बिहार राज्यको मधुवनी बेनिपट्टि कटैया–१३ निबासी ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुवनी बेनिपट्टि थाना लदौत–६ निबासी ४४ वर्षीय मो.मोतिउर रहमान पक्राउ परेका छन् भने रौतहटको गौर–३ पोखरिया निबासी ४१ वर्षीय मो.मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाहीको ब्रम्हपुरी–४ का ५२ वर्षीय सेख मो.सलिफ र ४६ वर्षीय शेख अलि असगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–२ शनिहाटको पन्चकन्या ट्रेड लिंकबाट साउन २३ गते सटर फोडेर ५ लाख ९५ हजार रुपैयाँ र गणनायक मार्केटिङ हाउसबाट साउन २३ गते नै ४ लाख रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ ।

त्यस्तै पालिकाको ७ नम्बर वडामा रहेको कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट भदौ १ गते सटर फोडेर ४ लाख ९५ हजार रुपैयाँ, भवानी ईन्टरप्राईजेजको सटर फोडेर भदौ १० गते ६ लाख रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट चोर्न प्रयोग गरिएका विभिन्न सामाग्रीहरु बरामद गरेको प्रहरीले जनाएको छ ।