
पूर्णपुष्टि, वैशाख ३० ।
विवाहका कारण उदयपुरमा कोरोना संक्रमण फैलिएको ठहर भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन समितिले हालसम्मको अवस्थाको विश्लेषण गर्दै यस्तो निश्कर्ष निकालेको हो । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार कन्ट्राक टे«सिङ तथा जिल्लाको विभिन्न पालिकामा गरिएको परिक्षणको आधारमा विवाहका कारण कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालिएको हो ।
प्रशासनकाे अध्यायन अनुसार विवाहमा मानिसहरू स्वास्थ्य मापदण्ड नै नअपनाउने गरेकाे पाइएकाे छ । काेराेनाकाे बेला पनि अन्य सामान्य बेला जस्तै विवाहमा जमघट हुने, खानेबस्ने, नाँचगान गर्ने गर्दा नजिक हुने, टाँसिने, एकअर्कामा छुने भएर एक, दुइ संक्रमितबाट धेरैलाइ सरेकाे पाइएकाे छ । अहिलेसम्मकाे एन्टिजेन र पिसिअार परिक्षणमा बढिजसाे विवाहकाे कन्ट्राक ट्रेसिङकालाइ काेराेना पाेजेटिभ देखिएकाे छ । परिक्षणकाे झण्डै पचास प्रतिशत विवाहका कारण काेराेना संक्रमण भएकाे बुझिएकाे प्रजिअ सेढाइले बताउनुभयाे । दाेस्राे चरणकाे काेराेना कहर विवाहकाे सिजनमा परेकाे र विवाहमा अत्यान्तै लापरवाही देखिएकाे प्रशासनकाे ठहर छ ।
संक्रमण फैलिनुको कारण विवाह देखिएकाले अवको निशेधाज्ञमा थप कडाइ गरिने भएको छ । छ दिन अघि प्रशासनले जारी गरेकाे जिल्ला निशेधाज्ञ भाेली सकिदैछ, भाेली सकिए लगत्तै फेरी ७ दिनका लागि जारी हुदैछ । विवाहमा बेहुला र बेहुली सहित १५ जनाभन्दा बढि मानिस हुन नदिने उहाँले बताउनुभयो । बढि भएमा रोक लगाइने साथै कारवाही गरिने छ । आज पनि १३ जना चढेर बेल्टारतर्फ जादै गरेको विवाहको एक बोलेरोलाई राकिएको उहाँले जानकारी दिनुभयो । बेलका नगरपालिकाको फत्तेपुर नाका हुदै बेल्टार आउदै गरेको विवाहलाई राकिएको हो ।
अवको निशेधाज्ञमा देवाली, पूजा, साकेला जस्ता जमघट हुने कार्यक्रमलाई पनि पूर्ण रोक लगाउने उहाँले बताउनुभयो । चिठी लिएर आएकाहरुलाई पनि रोकिएको उहाँले बताउनुभयो ।
याे काेराेना कहरमा कति विवाह भए भन्ने तथ्यांक नरहे पनि अवकाे निशेधाज्ञमा विवाहकाे अनुमति अनिवार्य लिनु पर्ने भएकाले अभिलेख रहने प्रशासनले जनाएकाे छ ।
