Wednesday, June 10News That Matters

विवेकशील साझा पार्टीका पूर्व संयोजक थापाको उपचारमा दुर्गा प्रसाईको सहयोग परिवार बाट अस्वीकार

पूर्णपुष्टि, जेष्ठ १५

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जल थापाको उपचारमा परिवारले विएण्डसी हस्पिटलका संञ्चालक दुर्गा प्रसाईको सहयोग अस्वीकार गरेको छ । परिवारले थापाको उपचार पारिवारिक स्रोत बाटै गर्ने जनाउँदै सहयोग गर्ने बचनको लागि प्रसाई प्रति धेरै धन्यवाद व्यक्त गरेको छ ।

प्रसाईँले यसअघि थापाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूले व्यहोर्ने घोषणा गरेका थिए । तर थापाको परिवारले मेडिकल व्यवसायी प्रसाईँको सहयोग अस्वीकार गरेको हो ।

परिवारले शनिवार प्रेस विज्ञाप्ती निकाल्दै सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । सहयोगी भावनाको लागि र यहाको सहयोग बचनको उच्च कदर गर्दै आवश्यक खर्च परिवारबाटै गर्ने परिवारले जनाएको छ ।

परिवारले विज्ञाप्तीमा हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईँले दिने भनेको सहयोग आवश्यक नपर्ने थापाको परिवारजनका तर्फबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ’, थापाको परिवारका तर्फबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका छन् ।  यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा  भ्ऋःइ प्रविधिबाट उनको उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको जानकारी गराएको छ ।

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भइसकेको विज्ञप्तिमा उल्लेख छ ।