
पूर्णपुष्टि,असार ७ । नेपाली क्रिकेट टोलीले आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तरर्गत आज वेष्ट इन्डिजसँ सामना गर्ने भएको छ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो ।
वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेलले बताएका छन् ।
समूह ‘ए’ मा आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान २–२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।
