Monday, April 20News That Matters

विश्वकर्मा सुनचाँदी संञ्जालको जिल्ला भेला तथा अन्रक्रिया सम्पन्न

गाईघाट/माघ,२६

उदयपुरका विश्वकर्मा सुनचाँदी व्यवसायी संजालले आफ्नो जिल्ला भेला तथा अन्तरक्रिया गाईघाटमा शनिवार गरेका छ । उदयपुरको बिभिन्न ठाउँमा रहेको व्यवसायीहरुको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

समुदायकै परम्परागत पेशाको रुपमा परिचित सुनचाँदी व्यवसायीहरुको हकहित तथा अधिकार संरक्षणका लागि पहल गर्न जिल्ला भेला आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा सहभागीहरुले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वकर्मा जातिहरुले पु¥याउदै आएको योगदानलाई अबमूल्यन गर्न नहुने बताएका छन् । संख्यात्मक हिसावले उदयपुरमा बसोबास अधिकतर क्षेत्रमा निकै रहे पनि नीति निर्माण र नेतृत्व तहमा पुग्न नसक्दा आफूहरुको माग ओझेलमा परेकोसमेत उनीहरुको भनाई थियो । उनिहरुले यस भेलाले आफ्नो पेसालाई व्यवस्थीत र मर्यादित रुपमा अगाडी बढाउन सक्ने बताए ।