
पूर्णपुष्टि, वैशाख ३०
नेपालमा अत्यन्तै चलेको एउटा नेपाली गीत फुलबुट्टे सारी विश्वमै चिनिएको छ । यो गीतले देश विदेशका कलाकारहरुलाई समेत लोकप्रिय बनाएको छ । युटुवमा विभिन्न भर्सनमा गायन तथा म्युजिक भिडियो सार्वजनिक भइरहदा सवैले ठुलो मात्रामा भ्युज पाएको छ । यस गीतलाई अफ्रिकन गायिका वियोनसीले गाएपछि विश्वभर फैलिनुका साथै उनी पनि एकाएक चर्चित भइन् । नेपालमा उनले ठुलै सम्मान पाइन भने विदेशी नागरीकहरुले बढो चासोका साथ चिने । साथै उनको स्वरमा सजिएको फुलबुट्टे सारी गीन सुने । उनको गीतको भ्युजले करोड नाघेको छ । यो समाचार तयार पार्दा सम्म १ करोड १ लाख ३१ हजार ९४१ भ्युज रहेको छ ।
नेपाली गाएन भर्सनहरु मध्ये गायिका मिलन नेवारको स्वरको भिडियोले सवै भन्दा बढी भ्युज पाएको छ । ५ करोड ४३ लाख ७ हजार २६१ भ्युज उनको स्वरले सजिएको म्युजिक भिडियोमा रहेको छ ।https://youtu.be/BFZCUD7qL24?t=50
यस गीतलाई लोकप्रिय हाँस्या तथा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले समेत गाउनुभएको छ । कलाकार मिथिला सर्मासंग सो गीतको म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । उक्त म्युजिक भिडियो उतिकै लोकप्रिय बनेको छ । हाल ७० लाख २१ हजार ५५२ भ्युज भइसकेको छ ।https://youtu.be/Aut1afC9pRQ
यो गीतको चर्चा र लोकप्रियताकै कारण ओर्जिनल गीत र म्युजिक भिडियोको भ्युज पनि ह्वात्तै बढेको छ । गायन मार्मिक लामाको ओर्जिनल गीत र म्युजिक भिडियोको भ्युज २ करोड नाघेको छ । हाल सम्म २ करोड ३९ लाख ९४ हजार २९२ भ्युज रहेको छ । https://youtu.be/URzQtbwNmls?t=25
प्रसस्त भ्युजले कलाकारहरुको लोकप्रियताका साथै राम्रो आम्दानी पनि दिएको छ ।
