Sunday, June 28News That Matters

विश्वमा करिब ६ हजार ८ सय नेपालीमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ ४ गते ।

विश्वभर छरिएर रहेका करिब ६ हजार ८ सय नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझसम्म विभिन्न देशमा रहेका ६ हजार ७ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

विश्वका १९ देशमध्ये सबैभन्दा बढी कतारमा रहेका २५ सय नेपालीमा कोरोना संक्रमण पुष्टि भएको समितिले संकलन गरेको तथ्यांकले देखाएको छ ।

सबैभन्दा बढी मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९ र एशियामा ५ प्रतिशतमा संक्रमणमा देखिएको छ ।  संक्रमितमध्ये ३५ प्रतिशतभन्दा धेरै निको भएको स्वास्थ्य समितिको तथ्याँक देखाएको छ ।