Saturday, May 16News That Matters

विश्वमा कोरोना संक्रमितको संख्याा ७० लाख भन्दा बढी

पूर्णपुष्टि, जेठ २५ गते । 

विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ ।

विश्वको २ सय १३ देश र २ वटा अन्र्तराष्ट्रिय पानी जहाजमा कोरोना भाईरसको संक्रमण फैलिदा ७० लाख ४ हजार ८ सयभन्दा बढी संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वमा कोरोनाबाट ४ लाख भन्दा बढीको मृत्यु भएको छ भने ३४ लाख २६ हजार १ सय ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म सवै भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएको देशको अमेरिकामा २० लाख भन्दा बढी संक्रमित भएका छन् । त्यहाँ कोरोनाको कारण १ लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।