Thursday, May 21News That Matters

विश्वमा कोरोना संक्रमित ३१ लाखभन्दा बढी

पूर्णपुष्टि, बैशाख १७ गते । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका संक्रमित ३१ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३१ लाख ३५ हजारभन्दा बढीमा कोरोना संक्रतिमण पुष्टि भएको हो ।

संक्रमितमध्ये नौ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने अहिलेसम्म दुई लाख १७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अहिले १९ लाख ६४ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५७ हजार तीन सय सात जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय २८ जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । अहिलेसम्म १० लाख २५ हजारभन्दा बढीमा सक्रमण पुष्टि भएको छ ।

यस्तै भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएको छ भने एक हजार आठ जनाको मृत्यु गएको छ । सात हजार सात सय ४७ जना उपचारपछि निको भएका छन् ।