
पूर्णपुष्टि, कात्तिक २३
विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघेको छ । दुई सय १६ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म पाँच करोड तीन लाख ५० हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।
सङ्क्रमितमध्ये १२ लाख ५७ हजार चार सय भन्दा धेरैको मृत्यु भईसकेको छ भने तीन करोड ५६ लाख भन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले एक करोड ३४ लाख ९१ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा एक करोड एक लाख ८५ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा दुई लाख ४३ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ भने ६४ लाख ४२ हजार भन्दा धेरै निको भएका छन् ।
विश्वका नौ वटा देशमा १० लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । प्रभावितहरुको दोस्रो सूचीमा रहेको भारतमा ८५ लाख सात हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा एक लाख २६ हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने ७८ लाख ६८ हजार भन्दा धेरै निको भएका छन् ।
