Friday, May 22News That Matters

विश्वमा १ हप्तामा १० लाख कोरोना संक्रमित थपिदै

पूर्णपुष्टि, असार ११

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड पुग्न लागेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएको थियो ।

यही कारण विश्वमा अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन दिने मेसिन) को अभावसँग जुधिरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

कैयौँ देश अक्सिनज कन्स्नट्रेटर (मेसिन) को अभावसँग जुधिरहेका छन् । यो समय यो मेसिनको माग धेरै नै भएको जनाएको छ ।

अहिलेसम्म विश्वमा ९५ लाख ३५ हजार भन्दा बढी संक्रमित भइसकेको जनाएको छ । ४ लाख ८० हजारभन्दा बढीको मृत्यु भईसकेको छ । हरेक हप्ता १० लाखभन्दा बढी संक्रमित हुने गरेको जनाईएको छ । त्यसैले प्रत्येक दिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता देखिएको जनाएको छ ।

कोरोना संक्रमणको दर एक्कासी बृद्धि हुनको कारण अक्सिजन कन्स्नट्रेटरको कमी भएको जनाएको छ । कोरोनासँग जुधिरहेका बिरामीका लागि अक्सिजन अति आवश्यक हुन्छ ।

अहिलेसम्म १४ हजार अक्सिजन कन्स्नट्रेटर खरिद गरेको डब्ल्यूएचओले जनाएको छ । खरिद गरिएका ती अक्सिजन कन्स्नट्रेटरलाई आउँदो हप्ता एक सय २० देशमा पठाउने योजना छ । साथै आउँदो ६ महिनामा ए.७० कन्स्नट्रेटर, जसको मूल्य १० करोड डलर हुन्छ, त्यो मिल्ने सम्भावना छ ।