Sunday, June 28News That Matters

दोस्रो विश्वयुद्ध यताकै अर्थतन्त्रमा गहिरो प्रभाव

पूर्णपुष्टि, जेठ २७ गते ।

सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर –५.२ प्रतिशतको ऋणात्मक रहने अनुमान विश्व बैङ्कले गरेको छ । यो गिरावट दोस्रो विश्व युद्धयताकै सबैभन्दा कम भएको विश्व बैङ्कले उल्लेख गरेको छ ।

विश्व अर्थतन्त्रमा परेको यो खाडल आगामी वर्ष भने केही पूर्ति हुनेछ । सन् २०२१ मा ४.२ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ ।

सन् २०२० मा अमेरिकी अर्थतन्त्र ७ प्रतिशतसम्मको संकुचनमा जानेछ । चीनको आर्थिक वृद्धिदर एक प्रतिशतमा समेटिँदा रुसको अर्थतन्त्र ६ प्रतिशतले गिरावटमा आउने भएको छ ।