Tuesday, May 12News That Matters

विश्व नर्सिङ दिवसमा विपदमा खटिरहेका नर्सलाई सम्मान

पूर्णपुष्टि,बैशाख ३० गते । 

आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस हो । नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम गरी दिवस मनाइँदैछ ।

विश्वव्यापी महामारीको बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको हो ।

शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ ।

‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा ब्रिटेनमा जन्मिएको थियो । नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज संचालन गरेको थियो ।

अन्तराष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउन थालिएको हो ।