Friday, May 22News That Matters

वीरगन्ज यातायात कार्यालयबाट सेवाग्राहीलाई हैरानी दिने ११ जना पक्राउ

पूर्णपुष्टि,चैत्र २२ । पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट सेवाग्राहीलाई हैरानी दिने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नारायणी यातायात कार्यालयमा आउँने सेवाग्रहीहरुलाई काम छिटो छरितो गराइदिने भन्द रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिँड्ने कार्यमा संलग्न ११ जना बिचौलियालाइ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका रानीघाटका आलोककुमार यादव, किशोरकुमार दयाल, दिपलाल साह, रामबाबु झा, कोरंजित गुप्ता, लालबाबु महतो, राजेश लामा, कालिकामाई गाउँपालिकाका राजेश महतो, बाराको परवानीपुरका दरोगा दास, बाराकै प्रसौनी गाउँपालिकाका मुकेश साह र दिपु महतो तत्मा रहेका छन् ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब निर्मल बुढाथोकीका अनुसार, यातायात कार्यालयमा चौलीयाहरूले सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरान पारेको गुनासो आएपछि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनका लागि टोली खटिएको थियो।

कार्यालयमा अनुगमनका क्रममा सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाइल च्यापेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिँदै गरेको अवस्थामा भेटिएका बिचौलीयाहरूलाई नियन्त्रणमा लिइएको बुढाथोकीले बताए।

पक्राउ परेकाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।