
पूर्णपुष्टि, भदौ १७
काठमाण्डौको वीर अस्पतालमा कार्यरत १२ जना डक्र र १२ जना नर्ससति ७१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी सेवा बन्द भएको छ ।

सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण फैलन थालेपछि अस्पतालले विज्ञप्ति निकालेर आज र भोलि दुई दिनका लागि अस्पतालको ओपीडी सेवा बन्द गरेको जनाएको छ ।
आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।

