Saturday, June 20News That Matters

वृद्ध भत्ता थाप्न गएका मण्डलको लडेर ज्यान गयो

पूर्णपुष्टि, साउन १३ 

वृद्ध भत्ता थाप्न गएका एकजना वृद्धको लडेर ज्यान गएको छ । सुनसरी बर्जु गाउँपालिका–६ सुक्रहाट टोल का ६८ वर्षीय खटर मण्डलको लडेर ज्यान गएको हो ।

आज दिउसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी टोली खटि गई मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो । मण्डलको उपचारकै क्रममा दिउसो पौने ३ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।