
पूर्णपुष्टि, चैत १८
झापामा बेश्याबृत्ति गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
दमकमा वेश्यावृत्ति गराएको आरोपमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका–४ बस्ने नन्दिता सावाँ लिम्बु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमक नगरपालिका–६ नयाँ सब्जीमण्डीको एक घर भाडामा लिई वेश्यावृत्ति गराइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकले सोही भाडाको घर खानतलासी गर्दा १७ देखि ३९ वर्ष उमेर समूहका आठ जना महिलाहरुलाई उद्धारसमेत गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएकाहरुलाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ ।
