
पूर्णपुष्टि, असार १ गते ।
विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भ भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबारदेखि सुरु गरेको वैकल्पिक सिकाइ प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाइमा क्षति हुन नदिने बताउनुभएको हो ।
आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन सबै विद्यार्थीहरुलाई प्रधानमन्त्रि ओलीले आग्रह गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छ ।
लामो समयसम्म विद्यालय बन्द भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइलाई निरन्तरता दिन वैकल्पिक सिकाइ ल्याएको छ । घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोग गरी आजदेखि पठन–पाठन सुरु गरेको हो ।
प्रधानमन्त्री ओलीले महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा नयाँ परिमार्जन हुने सम्भावना बढेको बताउनुभएको छ । उहाँले एसईईको विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरेको बताउनुभयो ।
मुलुकमा अव कुनैपनि आन्दोलनको जरुरी नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । जति लडने हो यहि पुस्ता लडेको र अब मुलक बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देश भित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक बिग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन सामाजिक सञ्जाल लगायत आमसञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहोरिने पो हो कि ? अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्ने भनाइ झुटा सावित हुँदैन ।’
