Sunday, June 21News That Matters

व्यक्तिवादी प्रतिगमनकारी बजेट कार्यन्वयन हुदैन ः संघिय सांसद राई

पूर्णपुष्टि, जेष्ट १८

संघिय सांसद सुरेश कुमार राईले काम चलाउ सरकारले ल्याएको अबैधानिक कदमको बजेट पनि व्यक्तिवादी हिसावले वितरण गरेको बताउनु भएको छ ।

उहाँले पावर र सत्तापक्षको निजी अधिकार जस्तो गरी बजेट वितरण गरेको बताउनुभयो । उसै पनि प्रतिगामी कदमले ल्याएको अबैधानिक बजेट कुनै पनि हालतमा कार्यन्वयन हुन नसक्ने र कार्यन्वयन गर्न नेदिने बताउनुभयो ।

बिगतको समयमा पनि संसद छल्ने काममा निकै माहिर रहेको यस सरकारले यो बर्ष भने असंबैधानिक तरिकाले संसदै बिघटन गरी अध्यादेश बाट ल्याएको बजेट गैरसंबैधानिक रहेको उहाँले बताउनुभयो ।

उहाँले यो आर्थिक बर्षको बजेट संविधानको प्रावधानलाई कुच्लेर ल्याइएको र हजारौ हजारको बलिदानले निर्माण भएको संविधान माथी उठाराघात गरेको प्रतिक्रिया दिनुभयो ।

सांसद राईले बजेट ल्याउने मान्छेहरु नै अवैधानि रहेको बताउनुभयो । अबैधानिक व्यक्तिहरुबाट आएको बजेट बैधानिक कुनै हिसावले नहुने उहाँको भनाई छ ।

उहाँले यो बजेटलाई काम चलाउ बजेटको रुपमा बाहेक अन्य हिसावले लिन नसकिने पनि बताउनु भएको छ । पूर्ण बजेटको रुपमा यो बजेटलाई नेपाली जनताहरुले स्वीकार्न नसक्ने उहाँको प्रतिक्रिया छ ।

राईले उदयपुर जिल्ला र १ नं प्रदेशमा पनि सबै विकासको क्षेत्रलाई बजेटले नसमेटेको बताउनुभयो । उहाँले झापामै ठुलो मात्रामा बजेट जाँदा अन्य जिल्लाहरुमा बजेटको बिजोक देखिएको बताउनुभयो ।