पूर्णपुष्टि, पुष २७ । उदयपुर सुनचाँदी व्यवसायी संघको पांचौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन नजिकिदै गर्दा गजेन्द्र बराईलीले आकांक्षा देखाएको छ । नेतृत्मा रहदा बिभिन्न कारण व्यवसायीहरुको निमित्त काम गर्ने अवसर नभएको भन्दै बराइली दोस्रो पल्ट अध्यक्षका लागि लड्ने निश्चित भएको हो ।
व्यवसायीको हकहितका लागि नितिगत व्यवस्था नभएको कारण आफ्नो कार्यकालमा धेरै कार्य गर्न छुटेकाले आगामी दिनमा छुटेका कामलाई निरन्तरता दिनको लागि आफ्नो दोस्रो पल्ट अध्यक्षमा आकांक्षी रहेको संघको वर्तमान अध्यक्ष राजेन्द्र बराइलीले बताए । उनका अनुसार आफ्नो कार्यकालमा बिभिन्न महामारी जस्ता घातक कुराहरुले गर्दा आफ्नो कार्यहरु अपुरै रहेको र स्थानीय सरकार संग सहकार्य गरेर संघको निति नियम बनाउने प्रकृया अघि बढाउने बताएको छ ।
उनले आफु संघमा निर्वाचित हुँदैै गर्दा बिभिन्न कठिनाइका बावजुत पनि संघको आफ्नै भवनमा छानो हाल्ने काम पुरा गरे । बिभिन्न सुविधा मार्फत संघका सदस्ययताबाट लिदैआएको रकममा कटौती गरे । कार्यकालकै बेलामा नयाँ सदस्यताबाट लिदै आएको शुल्क घटाउँदै बिभिन्न ८० प्रतिशत सदस्यहरुलाई महासंघबाट प्राप्त सेवा सुविधा दिलाईएको बताए । जस्तै विभिन्न प्रकारका कारोवार लागयत ज्ञान–सिपमुलक कर सम्बन्धी तथा विभिन्न मुद्धाका तालिम तथा अनुगमन समितिहरु गठन पनि गरेको अध्यक्ष बराईलीले जानकारी दिनुभयो ।
उदयपुर सुनचाँदी व्यवसायी संघको पाँचौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आगामी पुष ३० गते हुदैछ । गजेन्द्र बराइली संगै काशीनाथ शाह र राजेन्द्र प्रसाद पुर्वेले पनि अध्यक्षमा आकांक्षा राखेको छ ।
