Sunday, June 28News That Matters

शव बुझ्न डा. बाबुराम भट्टराई अन्तर्राष्ट्रिय विमानस्थलमा

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । वैदेशिक रोजगारीका क्रममा निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेका हुन्।

१२ जना नेपालीहरूको शवमध्ये दुई जना गोरखाका थियो। त्यसैले गर्दा पनि भट्टराईले विमानस्थलमा पुगेका हुन् । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव मलेसियाबाट ल्याइएको थियो।