Saturday, June 6News That Matters

शिक्षकको जिल्लान्तर सरुवा हुने

पूर्णपुष्टि, फागुन १६

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षकहरुलाई सरुवा हुन बाटो खुला भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गर्दै गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुला गरिएको जनाएको छ ।

स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने केन्द्रको सूचनामा उल्लेख छ ।

शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा भई आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ । केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधीनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको छ ।