
भदौ ७ गते ।
अव स्थिायी शिक्षक बन्नको लागी सुरुमा प्रारम्भिक परीक्षा उतिर्ण गर्नु पर्ने भएको छ । पहिलो चरणमा ५० प्रतिशत ल्याएर पास भएकाहरुले मात्र दोस्रो चरणको परीक्षा दिन पाउने भएको हो ।
यसअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइने व्यावस्था रहेको थियो । शिक्षक सेवा आयोग नियमावलीको (१० औं संशोधन)मा लोक सेवा आयोगको परीक्षा जस्तै सामान्य र विषयगत गरी दुई सय पूर्णांकको लिखित परीक्षा र २५ पूर्णांकको अन्तवार्ता गरी परीक्षा हुने प्रस्ताव गरिएको छ ।
यसअघि एक सय पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको मौखिक परीक्षा पास गर्नु पर्दथ्यो । पहिलो चरणको परीक्षामा वस्तुगत प्रश्नहरु हुनेछ । पहिलो चरणको परीक्षा मेसिनले जाँच्ने ओएमआर कपिमा दिनुपर्ने छ । एउटा उत्तर गलत भएमा शून्य दशमलव दुई अंक माइनस हुने छ ।
दोस्रो चरणको विषयगत परीक्षा पनि एक सय पूर्णाङ्कको नै हहुने छ । पहिलो चरणमा ल्याएको अंक दास्रो चरणको नतिजासँग नै जोडिने छ ।
यसरी लिईएको परीक्षामा उच्च अंक ल्याई उत्तिर्ण भएका प्रतिस्प्रर्धीहरुलाई अन्ति चरणको परीक्षा अर्थात अन्तरवार्तामा सहभागि गराईने छ । यस अन्तिम चरणको परीक्षामा उच्च अंक ल्याउनेलाई नियुक्तिको लागि सिफासिर गरिने छ ।
उक्त प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिमा छालफलको क्रममा रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
