
पूर्णपुष्टि, साउन ३२
आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १७.३३ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक १७ अङ्कभन्दा धेरैले घटेर १३ सय ८१.४६ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
व्यापार समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् । व्यापार समूहको सूचक भने झण्डै ११ अङ्कले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७६.८७ अङ्कले घटेको छ ।
दिनभर एक अर्ब २५ करोड ९३ लाख रुपैयाँ बराबरका ४३ लाख ७१ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको आठ करोड १४ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले आइतबार झण्डै १० प्रतिशत कमाएका छन् भने आँखु खोला जलविद्युत् कम्पनीका शेयर लगानीकर्ताले ७ .४१ प्रतिशत गुमाएका छन् ।
