पूर्णपुष्टि,पुष २२ । पछिल्लो समय सामुदायिक विद्यालयहरुमा शैक्षिक शिक्षाको गुणस्तर खस्किंदै गएपछि उदयपुरको कटारी नगरपालिकाले शिक्षालाई सुधार गर्न लागि परेको छ । चालु शैक्षिक सत्रमा विद्यालयको शैक्षिक गुणस्तर उकास्न पहिलो चरणमा कटारी नगरपालिका वडा नं. २ले वर्तमान अवस्थाको शिक्षा मूल्याकंन गर्न आफैले परीक्षा समेत गर्न सुरु गरेको हो ।
वडा भित्र रहेको २ मावि र २ आधाभूत विद्यालय गरी सबै विद्यालयहरुमा वडा शिक्षा समितिले आन्तरिक मूल्याकंनका लागि परीक्षा लिएको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो । सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्था कमजोर भएपछि वडाले शैक्षिक सुधारको लागि पहिलो प्रयास सुरु गरेको वडाध्यक्षथापाले बताउनुभयो । उनका अनुसार शैक्षिक सुधारमा उपचारात्मक पद्धतिको लागि मूल्याकंन गर्न र विद्यालयको तल्लो कक्षा देखि नै समस्या पहिचान गरी उक्त समस्याको समाधान गर्नका लागि कार्यक्रमको निर्माण गरेको बताउनुभायो ।
विद्यालय र विद्यार्थीको शैक्षिक सुधारको निम्ति वडाले पहल गर्न थालेपछि अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले पनि सहकार्य गर्न थालेको छ । प्रत्यक कक्षा अनुसार शैक्षिक सुधार भएको छ छैन ? यदि छैन भने त्यसको पहिचान गरेर कार्यक्रम बनाउने वडाको योजना रहेको बताए ।
सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै जाने तर नीजिमा भरिंदै जाने समस्या समेत समाधान हुने देखिन्छ । जसका लागि वडाले वडाका विद्यालयमा थालेको यो कदम सकारात्मक देखिएको छ ।
