Sunday, May 10News That Matters

श्रीमतिसंगै क्वारेन्टाइनमा बसेका युवाले गरे अात्महत्या

पूर्णपुष्टि, वैशाख १९ ।

उदयपुरमा श्रीमतिसंगै क्वारेन्टाईनमा बसिरहेका एक युवाले गएराति झुण्डिएर अात्महत्या गरेका छन् । 

उदयपुरकाे राैतामाई गाउपालिका ७ गुराँसेका १८ वर्षिय सुमन विकले अात्महत्या गरेकाे गाउपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयाे ।

काठमाडाैबाट गाउँ अाएका दम्पतिलाई गाउपालिका- ७ राजावास स्थित गाउँ नजिकैकाे क्वारेन्टाईनमा गत ११ गतेदेखि राखिएकाे थियाे । श्रीमती निदाएकाे बेला राती विकले श्रीमतीकै सलमा झुण्डिएर अात्महत्या गरेकाे बताइएकाे छ । उनले अात्महत्या गर्नुकाे कारण खुलेकाे छैन ।

प्रेम विवाह गरि काठमाडाैं गएका उनीहरु लकडाउनमा फर्किएपछि क्वारेन्टाईनमा राखिएकाे थियाे । विक दम्पतिलाई छुट्टै काेठामा राखिएकाे थियाे ।

विहानै पुगेकाे प्रहरी टाेलिले सर्जमिन मुचुल्का उठाई सव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने प्रहरिले जनाएकाे छ । साथै घटनाकाे सम्वन्धमा अनुसन्धान हुने जनाएकाे छ ।

 

अहेब साहका अनुसार श्रीमतिसँग आएको बिकलाई बेग्लै कोठामा राखिदै आएको थियो । बिकले श्रीमति सुतिरहेको समय श्रीमतिकै सलमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । अहिले पोष्ठमार्टमको लागि उनको शब जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ ।