Sunday, May 17News That Matters

श्रीमतीको कान काट्ने श्रीमान पक्राउ

पूर्णपुष्टि, साउन ४

श्रीमतीको कान काटेको आरोपमा धनगढीका एक २५ वर्षीय पुरुष पक्राउ परेका छन् । बझाङ जयपृथ्वी नगरपालिका–१ भण्डार गाउँकी २१ वर्षीया जानकी नेपालीको बायाँ कान काटेको आरोपमा उनकै श्रीमान मनोज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार मनोजले जानकीमाथि कुटपिट गरी चक्कुले कान काटेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकीका आफन्तले घटनाबारे जाहेरी दिएको बताउनुभयो । उजुरी प्राप्त भएपछि जानकीका श्रीमान मनोज पक्राउ परेका छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको खड्काले जानकारी दिनुभयो । ‘पीडित पक्षबाट प्राप्त जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरिएको छ । यसपछि मुद्दा दर्ताको प्रकृया अगाडि बढाइनेछ,’ उहाँले बताउनुभयो ।

१५ वर्षको उमेरमा कक्षा ९ पढ्दा नै उनको विवाह भएको थियो । २१ वर्ष मात्रै भएकी उनका अहिले तीन छोराछोरी छन् ।