Wednesday, June 17News That Matters

श्रीमतीको हत्या गरी श्रीमानले पनि गर्यो झुन्डिएर आत्महत्या

पूर्णपुष्टि, भदौ १२ 

भोजपुर षडानन्द नगरपालिका– ९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफु पनि झुन्डिएर आत्म हत्या गरेका छन् ।आज बिहानको राती साढे १ बजे  आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई  खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेपछि आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुण्डिएको अबस्थामा फेला परेका थिए ।

घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनिहरुकै ८ बर्षीय छोराले स्थानियलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाऊन साथ स्थानियबासी गई हेर्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनलाई खोजतालस गर्दा झुन्डिएको अबस्थामा मृत फेला परे पश्चात प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङको प्रहरी टोलीले  थप अनुसन्धान गरिरहेको छ ।