Sunday, June 28News That Matters

श्रीमतीले चिर्पट प्रहार गरी श्रीमानको हत्या

पूर्णपुष्टि, असार १७

रुकुम पूर्वमा श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–२ का रेश्मा बिकले चिर्पट प्रहार गर्दा आफ्नै श्रीमान २३ वर्षीय बिछोड बिकको मृत्यु भएको हो ।

पारिवारिक विवादको क्रममा गत राति ११ बजे बिछोडको श्रीमतीले चिर्पटले टाउकोमा हान्दा श्रीमानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीले चिर्पट प्रहार गर्दा बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

श्रीमानलाई चिर्पट प्रहार गरी हत्या गर्ने रेश्मालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।