Sunday, June 28News That Matters

श्रीमती अस्पताल भर्ना गरेका श्रीमान मृत फेला

पूर्णपुष्टि, चैत ८

धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी श्रीमतीलाई उपचारको लागि भर्ना गरेका एक पुरुष मृत फेला परेका छन् । श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए । उपचारका लागि अस्पताल  पु¥याउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतकको शव पोष्टमाटमका लागि शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।