
पुर्णपुष्टि, जेठ १२ गते ।
रौतामाई गाउँपालिका–८ झिरुडाँडाको ५२ वर्षीय विष्णु तामाङले मादक पर्दाथ सेवन गरी गत राती ४३ वर्षीय श्रीमती नेप्टिमाया भन्ने दिलमाया तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
राती करिब २ बजे नेप्टिामायाको हत्या गरेको प्रहरीले जनाएको छ । विष्णुले आफ्नै श्रीमतीलाई धारीलो हतियार प्रहार गरी हत्या गरेको जानकारी पाए लगतै प्रहरी चौकी सुकौरा र ईलाका प्रहरी कार्यालय रौतामाई गाउँपालिकाबाट खटेका प्रहरी टोलीले विष्णुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान टोली खटेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
