
पूर्णपुष्टि, भदौ १२
उदयपुरको रौतामाईकी एक महिला एक महिनादेखि हराएकी छिन् । रौतामाई गाउँपालिका–५ कालिमाटीकी करिब ३८ वर्षीया पवित्रा भन्ने देविका परियार एक महिनादेखि परिवारसँग सम्पर्क विहिन भएकी हुन् ।
गत साउन १५ गते विहान घरबाटै हराएकी पवित्रालाई घरपरिवाले खोजतास गर्दा फेला नपारेपछि गत साउन १९ गते प्रहरीमा हुलियासमेत दिएको उनको श्रीमान रामबहादुर परियारले बताए । आफन्त र चिनजानको कसैकोमा नगएको र अहिलेसम्म प्रहरीबाट पनि केहि जानकारी नआएको उनले बताए ।
पवित्रालाई खोज्ने क्रममा १५ गने पोखरीबाट गाईघाटको गाडी चढेको र बेलुका गाईघाटको एक होटलमा बसी १६ गते विहान रौतामाईको काउण्टरबाट बा ३ ख ८४७९ नम्बरको हायसमा काठमाण्डौ हिडी काठमाण्डौँको कोटेश्वरमा झरेकोसम्म पाईएको रामबहादुरले बताए ।
गत साउन १३ गते लेटाङ्को युवराज ओझा भन्ने ब्यक्तिले पवित्राको लागी स्थानीय एक युवाको नाममा सात हजार पैसा पठाएको र त्यही पैसा लिएर हिडेको रामबहादुरले बताए । पवित्राले लगाएको सुनचाँदीको गरगहना साथमै लिएर गएको उनले बताए ।
उनीहरुको दुई वटा छोराहरु छन् । जसमध्ये जेठो छोराले विहे गरी सकेको छ ।

