Wednesday, June 24News That Matters

श्रीलंकामा २४ घण्टे कर्फ्यु

पूर्णपुष्टि, बैशाख १३ गते । 

श्रीलंकामा आजदेखि २४ घण्टे कफर््यु लगाईएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दो क्रम जारी रहेपछि  श्रीलंकामा कर्फ्यु लगाइएको हो ।

शुक्रबार श्रीलङ्कामा थप ४६ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म चार सय २० जना कोरोना संक्रमित पुगेको छ भने सात जनाको मृत्यु भईसकेकोे छ ।

नयाँ संक्रमितमा ३० जना जलसैनिक हुन् । उनीहरु श्रीलंकाको राजधानी कोलम्बो नजिक एक शिविरमा रहँदै आएका थिए । श्रीलंकामा गएको सोमबार दिउँसो देशको दुई तिहाइ क्षेत्रमा कर्फ्यु केही खुकुलो गरिएको थियो ।