
भदौ २ गते ।
श्री एयरलाईन्स कम्पिनीले टर्बोजेट क्यू ४०० सिरिजको नयाँ जहाज ल्याएको छ । जनिजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनीले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको जहाज ल्याएको हो ।
ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार काठमाण्डौँ ल्याईएको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यका साथ नयाँ जहाज थपेको कम्पनीले जनाएको छ ।
उक्त नयाँ जहाजसँग श्री एयरलाईन्सको ५ वटा जहाज भएको छ । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सीआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सीआरजे ७०० जहाज दुई थान थिए । यस जहाजले पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना रहेको जनाईएको छ ।
