
पूर्णपुष्टि, बैशाख ३१
प्रमुख प्रतिपक्ष दल तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोरोना संक्रमणको बढ्दो रुपमलाई सरकारको लापर्वाही रहेको बताएका छन् ।
सरकारको असंवेदनशीलता, गैरजिम्मेवार र अकर्मण्यताका कारण कोरोना संक्रमण बढिरहेको उनले बताएका छन् । इस्लाम धर्मलम्वीहरुको पबित्र चाँड इद पर्वको एक कार्यक्रममा शुभकामना राख्दै अबको समय सरकार लाचार भईरहेको र नागरिकहरु आफै सचेत बन्नु पर्नेमा जोड दिनुभयो ।
देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा छ । सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी छ ।’
सभापति देउवाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन सबैलाई अनुरोध गरेका छन् ।
