Friday, May 15News That Matters

संखुवासभामा आगलागी हुदा ७ लाखको क्षती

संखुवासभा, माघ २७ गते ।
संखुवासभाको पाचँखपनमा आगलागी हुदा करिब ७ लाखको क्षती भएको छ । पाचँखपन नगरपालिका–७ बाहुनगाउँ निबासी पदमनाथ कुईकेलको घरमा आगलागी हुदा अन्दाजी ७ लाखको क्षती भएको हो ।
विद्युत सर्ट भई आगलागी हुदा टिनको बेरा भएको तीन तले घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।