Saturday, June 27News That Matters

संगितकर्मी सँघ दुःखी गरिबको सहारा बन्दै

पूर्णपुष्टि, बैशाख २० गते ।

कलाकारहरुको हक हितका लागि गठित राष्ट्रिय संगितकर्मी संघले गरिव दुखीहरुको लागी राहत वितरण गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिका लागी लकडाउनको बेला रोजिरोटि गुमाएका निम्न वर्गका गरिब दुखीहरुलाई  संघले राहत वितरण गरेको हो ।

यस्तो अवस्थामा कलाकारहरुको छाता सङ्गठन राष्ट्रिय सङ्गीतकर्मी सङ्घले कलाकारिता क्षेत्रमा आवद्ध ब्यक्तिहरु गायक, गायिका, चलचित्रकर्मी, प्राबिधिक, सङ्गीतकार, गितकार साथै दैनिक मजदुरी गरी खाने चेपाङ्ग समुदाय, दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुको सहाराका लागी राहत वितरणलाई निरन्तरता दिएको जनाएको छ ।

त्यसतै अन्य समस्यामा परेका जेष्ठनागरिक, असहाय, साथमा कागज पत्र नभएका हिडेर वडा कार्यलयसम्म पुग्न नसकेका ब्यक्तिहरुका लागि निरन्तर पाँच हप्तादेखि निरन्तर राहात वितरण अभियानमा जुटेको संघले जनाएको छ ।

चर्चित गायक तथा चलिचत्र निर्माता एवम् राष्ट्रिय सङीतकर्मी सङ्घका महासचिव तथा विपद व्यवस्थापन समितिका संयोजक बिक्रमजंग शाहको नेतृत्वमा तीन वटा राहत वितरण समूह बनाई दैनिक राहत वितरण गरिरहेको जनाएको छ ।

उपत्यकाका करिब दुई दर्जन ठाउँमा पुगी करिब तीन हजार जनालाई राहत वितरण गरेको जनाइएको छ । विपदको बेला थोरैतिनो भएपनि राहत स्वरुप सहयोग गर्न पाउदा खसी लागेको संस्थाका एक पदाधिकारीले बताए ।